साताको चौथो कारोबार दिन सेयर बजारमा झिनो अंकले सुधार आएको छ । आज बजार १.८६ अंकले बढेर २६८५.७३ को विन्दुमा कायम भएको हो ।
आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३९ करोड ६० लाख २२ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सिइडिबी हाइड्रोपावरको ३७ करोड ६७ लाख १५ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै आज रिभर फल्स पावरको ३१ करोड ४९ लाख ५३ हजार रुपैंया, न्यादी हाइड्रोपावरको ३० करोड ४ लाख ६२ हजार रुपैयाँ, सप्तकोशी डेभलपमेन्ट बैंकको २० करोड ३५ लाख ४८ हजार रुपैयाँको कारोबार भएको हो ।










