बलिउड फिल्म निर्देशक सञ्जय गढवीको निधन भएको छ । ‘धूम’ र ‘धूम २’ जस्ता फिल्मका निर्देशक गढवीको ५६ वर्षको उमेरमा निधन भएको हो ।

भारतीय सञ्चारमाध्यमले जनाए अनुसार आज बिहान लोखंडवाला ब्याकरोडमा मर्निङ वाक गर्ने क्रममा सञ्जयलाई हृदयघात भएको थियो । उहाँलाई नजिकैको कोकिलाबेन अम्बानी अस्पताल लगिएसँगै त्यँहाका चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर