साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । आज बजार ११.९१ अंकले बढेर २७३९.८२ को विन्दुमा कायम भएको हो ।

आज नेप्सेमा कारोबार भएको ३१४ कम्पनीको १ करोड ८२ लाख ३० हजार ३०२ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ४३ करोड ७० लाख ६ हजार रुपैयाँको कारोबार भएको छ ।

आज बजारमा बढोत्तरी आउँदा छ उपसूचक हरियाली भएको छ । आज विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, इमर्जिङ नेपाल र गार्डियन माइक्रो लाइफको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर