ओपनर डाविड मलानको अर्धशतकको मद्दतमा चितवन राइनोजले तेस्रो संस्करणको नेपाल (एनपीएल) मा विराटनगरलाई १५८ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनायो ।

चितवनका लागि मलानले ५१ बलमा सर्वाधिक ७० रनको योगदान दिए । यो एनपीएलको पहिलो अर्धशतक हो । उनले ५ छक्का र ५ चौका प्रहार गरेका थिए । मलानले पहिलो विकेटका लागि देव खनालसँग ५८ रनको साझेदारी गरेका थिए । देव खनाल १५ बलमा १२ रन बनाएर आउट भए ।

विराटनगरका चरिथ असलंकाले पहिलो विकेट दिलाएका थिए । विकेटकिपर ब्याटर अर्जुन साउद ९ बलमा ३ रन बनाएर पभेलियन फर्किए । उनलाई ११औं ओभरको अन्तिम बलमा एन्जेलो म्याथ्युजले कप्तान सन्दीप लामिछानेको हातबाट क्याचआउट भए ।

१३औं ओभरको दोस्रो बलमा मलान आन्द्रे रसेलको बलिङ आउट हुँदा चितवनको ब्याटिङ कप्तान रवि बोपारा र डान मोस्लीले सम्हाले । रवि र डानले तेस्रो विकेटका लागि ६७ रनको अविजित साझेदारी गरे । रवि ३२ र डान २९ रनमा अविजित रहे ।

प्रतिक्रिया

सम्बन्धित खवर