नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार १०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला एक हजार ९८५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।










