ढोरपाटनमा यस वर्ष पहिलोपटक हिमपात भएको छ । लामो समयको खडेरीपछि आइतबार साँझदेखि वर्षासँगै यहाँ हिमपात भएको हो ।

हिमपातका कारण यसक्षेत्रमा चिसो बढेको छ । हिमपात भएपछि बाली फस्टाउने आशामा किसान खुसी भएका छन् ।

हिमपातले ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र सेताम्य भएको ढोरपाटन सिकार आरक्षका रेन्जर विनोद विकले जानकारी दिए । हिमपातका कारण जनजीवन कष्टकर भएको छ ।

गत शुक्रबारदेखि मौसममा खराबी आए पनि आइतबार साँझ मात्रै वर्षासहित हिमपात भएको विकले बताए ।

गत महिना सामान्य वर्षा भए पनि हिमपात हुन सकेको थिएन । उनले भने, “लामो समय खडेरी पर्‍यो, खडेरीका कारण बारीमा लगाएको बालीनाली सबै सुक्न थालेका थिए । ढिलै भए पनि पानी पर्‍यो ।” रासस

प्रतिक्रिया

सम्बन्धित खवर