भाषाविद् चूडामणि गौतमको निधन भएको छ। ‘ग्रामर गुरु’ भनेर चिनिने भाषाविद् गौतमको ८१ वर्षको उमेरमा सोमबार काठमाडौंमा निधन भएको हो।

सोमबार साँझ उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

गौतमले लेखेको अंग्रेजी भाषाको ग्रामर प्रख्यात छ। अंग्रेजी भाषालाई पृष्ठभूमि बनाएका गौतमले पछिल्लो समय नेपाली भाषामा पनि योगदान गरेका छन्।

विसं २००० असोज १ मा तेह्रथुमको खाम्लालुङ- १ पाकतिनमा जन्मिएका उनले लेखेको अंग्रेजी ग्रामर २०३७ सालमा प्रकाशित भएको थियो। गौतमले ०७९ भदौ ११ गते ‘बृहत्तर नेपाली शब्दकोश’ विमोचन गरेका थिए।

गौतमले १४ सय पृष्ठको गौतम एड्भान्स्ड लर्नर्स डिक्सनरी, नेपाली-इङ्गलिस डिक्सनरी, राम्रो अंग्रेजी बोलचाल अभ्यास, गौतम व्यावहारिक नेपाली शब्दकोश, विवादित वर्णविन्यासको नेपाली शब्दकोश, नेपाली शब्दको दुर्दशा, फुलको माला क्या मज्जा, नेपाली शुद्धाशुद्धि ज्ञान, नेपाली व्याकरण तथा रचना, विद्यालयको नेपाली शब्दकोश, बृहत्तर नेपाली शब्दकोश लगायतका भाषा सम्बन्धी पुस्तक प्रकाशित छन्।

प्रतिक्रिया

सम्बन्धित खवर