
संघीयस्तरमा बनेको राजनीतिक उच्चस्तरीय संयन्त्रको बेठक आज बस्ने भएको छ।
आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने भएको हो।
बैठकमा पछिल्ला समसामयिक विषयहरूमा छलफल हुने नेताहरूले बताएका छन् ।
संयन्त्रमा नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल रहेका छन् ।
नेपाली काँग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा रहेका छन्।