धनुषाको गणेशमान  चारनाथ नगरपालिकाले गर्भवती तथा सुत्केरीका लागि नि:शुल्क  एम्बुलेन्स सेवा थालनी गरेको छ । घरमा सुत्केरी हुने दरलाई शून्यमा झार्न तथा अस्पतालमा सुरक्षित रूपमा सुत्केरी गराउनका लागि अभिप्रेरित गराउने उद्देश्यका साथ एम्बुलेन्स सेवा सञ्चालनमा  ल्याइएको हो  ।

नगरप्रमुख जितनारायण यादवले नगर क्षेत्रका गर्भवती तथा सुत्केरीका लागि नि:शुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको जानकारी दिए । उनले सुत्केरी भइसकेपछि पनि विभिन्न कारणले आमा तथा शिशुको स्वास्थ्य जोखिम हुन सक्ने र यसबाट जोगाउन एम्बुलेन्स सेवाले सहयोग पुग्ने बताए ।

नगरपालिकाले अन्य बिरामीलाई न्यून शुल्कमा उक्त एम्बुलेन्स सेवा उपलब्ध गराउने पनि जानकारी दिएको छ । गुणस्तरीय स्वास्थ्य सेवामा नागरिक पहुँच वृद्धि गर्न एम्बुलेन्स सेवाले सहयोग पुग्ने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर