नेपाली बजारमा सुन र चाँदी आज दोस्रो दिन पनि मूल्य स्थिर रहेको छ । यस दिन सुन र चाँदी गत शुक्रबार कायम मूल्यमा नै कारोबार हुने भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य पनि स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य शुक्रबार कायम मूल्य हो ।

बिहीबार चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर