सुनको मुल्य तोलामा ९ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि मुल्य प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ६९ हजार ५ सय रुपैयाँ थियो । यसअघि फागुन १३ गते सुनको मुल्य १ लाख ७१ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो ।
चाँदीको मुल्य तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९४० रुपैयाँ रहेको चाँदी आज १९५० रुपैयाँ पुगेको छ ।










