गौमुल गाउँपालिकामा भिरबाट लडेर सोही गाउँपालिका–६ टाडाकोटका ५६ वर्षीय डम्बरबहादुर रोकायाको मृत्यु भएको छ ।

आज बिहान गाउँ नजिकको वनमा बाख्रा चराउन गएका रोकायाको लडेर घटनास्थलमै मृत्यु भएको उनका आफन्त दीपेन्द्र रोकायाले  बताए ।

उनी एक सय मिटर तल खोचमा खसेका थिए । उनका एक छोरा छन ।

प्रतिक्रिया

सम्बन्धित खवर