६ जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) फेरिएका छन् । गृह मन्त्रालयले बिहीवार बिहान बाँके, रौतहट, सङ्खुवासभा, खोटाङ, ओखलढुङ्गा, नुवाकोटमा प्रमुख जिल्ला अधिकारी पठाएको हो ।
प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार बाँकेमा धर्मराज जोशी, रौतहटमा विनोद कुमार खड्का, सङ्खुवासभामा दिव्य राज पोखरेल, खोटाङमा नरहरि घिमिरे, ओखलढुङ्गामा विजयराज सुवेदी, नुवाकोटमा शशिधर घिमिरेलाई पठाइएको छ । यसैगरी नुवाकोटका प्रजिअ रामकृष्ण अधिकारीलाई गृह मन्त्रालयमा फिर्ता गरिएको छ । रौतहटमा पठाएका खड्का संखुवासभाको प्रजिअमा कार्यरत थिए ।
बुधबारसम्म दर्जनभन्दा बढी जिल्लाका प्रजिअहरूको सरुवाको तयारी भए पनि बिहीबार बिहानसम्म आइपुग्दा सरुवा सीमित भएर मात्र आधा दर्जन जिल्लामा पुगेको छ। डेढ दर्जनभन्दा बढी सहसचिवहरू ‘बरण्डा’ (अतिरिक्त) मा जिम्मेवारीविहीन बनेसँगै बढ्दो दबाबको बीचमा रिक्त रहेका जिल्लाहरूमा मात्र होइन, उपसचिव प्रजिअ रहेका जिल्लाहरूमा पनि सहसचिवलाई पठाउने तयारी थियो। तर तीव्र दबाबका कारण उपसचिवलाई प्रतिस्थापन गर्ने निर्णयमा मन्त्रालय पछि हट्न बाध्य भएको छ।










