सुनको मुल्य तोलामा ५ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार मुल्य प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन १ लाख ७० हजार ७ सय रुपैयाँ थियो ।यसअघि फागुन १३ गते हालसम्मकै उच्च १ लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको थियो ।
चाँदीको मुल्य प्रतितोला ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन १९८५ रुपैयाँ रहेको चाँदी आज १९९० रुपैयाँ कायम भएको छ ।










