‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्वन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’माथि विरोधको सूचना राख्ने सांसद प्रेम सुवाल प्रतिनिधिसभामा अनुपस्थित भएका छन् ।

विधेयकको विरोधका सूचना निर्णयार्थ प्रस्तुत गर्नुअघि उनलाई किन विरोधको सूचना राख्नुपरेको हो भनेर धारणा राख्न सभामुख देवराज घिमिरेले सुवालाई रोष्टममा बोलाएका थिए ।

तर, उनी अनुपस्थित भएका हुन् ।त्यसपछि सभामुख घिमिरेले सो विधेयकमा विरोधको सूचना दर्ता गर्ने माओवादी सांसद हितराज पाण्डेलाई सूचनाबारे बोल्न दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर