साताको कारोबारको पहिलो दिन आइतबार सुन रेकर्ड मूल्यबाट केही घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको हो ।

यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

जुन मूल्य हालसम्मकै उच्च हो । जसअनुसार शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँ घटेको हो ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा २ हजार ५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार रु ५ घटेर तोलामा २ हजार ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर