
फिल्म ‘आमा आज पनि रुन्छिन्’ को शुभमुहूर्त गरिएको छ । एक कार्यक्रमका बिच कोटेश्वर महादेव मन्दिरमा फिल्मको मूर्हुत गरिएको हो ।
ए.आर. प्रोडक्सनको प्रस्तुति र संसारभरका आमाहरुमा समर्पित भनिएको फिल्मका निर्माता गिर्वाण बिजय खड्का र सेवन्तक खड्का रहेका छन् ।
अशु अशेष गिरीको निर्देशन रहने फिल्ममा सरोज खनाल, गौरी मल्ल, मुस्कान पौडेल, रबिन्द्र झा, आशा भुषाल, सुदिप शाह ठकुरी, आराध्या लक्ष्मी खड्की, देशभक्त खनाल, रेट्रोना बानिया, बालकलाकार आर्यन पौडल र विशेष भूमिकामा सुदर्शन बुढाथोकीको अभिनय रहनेछ ।चैत्र २० गते देखि छायाङ्कन सुरू हुने फिल्मको छायाङ्कन पूर्वका सुन्दर शहर इलाम, झापा, मोरङमा हुनेछ ।