चैत ४ मा मध्यराति १० बजेतिर टोखा स्थित झोर महांकालबाट प्रहरीले ना.७ ख १६५२ नम्बरको ट्रकलाई नियन्त्रणमा लियो । ट्रक कुसाङ लामाले चलाएका थिए ।
उनी सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर–१ का स्थानीय हुन् । उनी ‘फुच्चे’ उपनामले चिनिन्छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी अनिल घिमिरे नेतृत्वको टोलीले ट्रक चेकजाँच गर्दा ठुलो परिमाणमा युरो र डलर भेटियो ।
ड्राइभर सिट ‘वोनेट’ भन्दा माथि फल्स बटम बनाएर लुकाएको अवस्थामा २५ करोड १ लाख ६० हजार बराबरको विदेशी मुद्रा भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले बताए ।
अपराध अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन गरेर बस्नेतले भने, ‘युरो र डलर लुकाएर आरोपी रसुवाको केरुङ तर्फ जाँदै थिए ।










