निर्माणाधीन सिनेमा ‘कार्की साइँला’ को शुभ मुहूर्त गरिएको छ । सोमबार कोटेश्वरको महादेवस्थानमा स्क्रिप्ट पूजा गर्दै सिनेमाको शुभ मुहूर्त गरिएको हो ।

सिनेमाको मुख्य कलाकार जितु नेपाल वर्षा सिवाकोटी र मुहूर्त सट दिएर सुरु गरिएको थियो । मुहूर्तमा जनकदीप पराजुलीले एक्सन कट गरेका थिए भने क्ल्यापमा निर्माता सुशील पोखरेल, क्यामेराको स्विच अन डम्बरबहादुर राईले गरेका थिए साथै निर्माता र कलाकार उग्रसन ढुङ्गानाले नरिवल फोरेर क्यामेरा पूजा गरेका थिए ।

कर्णबहादुर फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने यो सिनेमामा राजेन्द्र बस्नेतको निर्देशन रहनेछ । सिनेमाका प्रस्तुतकर्ता कृष्ण भगत चाम्लिङ हुन् । बालकुमार राई  निर्माता रहेको सिनेमामा द्वन्द्व राजु किराँती, सङ्गित बाबुल गिरि, नृत्य कमल राई, गीतकार तथा मुख्य सहायक निर्देशक जीवननाथ गौतम र पटकथा संवाद अजित लामिछानेको रहेको छ ।

सिनेमामा वर्षा र जितुको अलावा गीता अधिकारी, मान्सी शर्मा, श्याम मगर मनिल तामाङ रहेको छ । सिनेमाले ग्रामीण जीवनको कथा भन्नेछ । भुइँ मान्छेको कथालाई सिनेमामा प्रस्तुत गरिने निर्देशक बस्नेतले जानकारी दिएका छन् । सिनेमाको पात्र एक भरिया हुन् ।

सिनेमा आगामी वैशाख २० गतेबाट धनकुटा जिल्लाको विभिन्न स्थानमा छायाङ्कन गरिनेछ यो सिनेमाका लागि अन्य केही कलाकारहरूको छनोट प्रक्रिया अगाडि बढाइएको निर्माण पक्षले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर