काठमाडौं, स्लाइस उत्पादन कम्पनी बरुण वेभरेजलाई काठमाडौं महानगरपालिकाले २ लाख रुपैयाँ जरिवाना गरेको छ । सो कम्पनीले उत्पादन गरेको स्लाइसमा अखाद्य वस्तु भेटिएपछि जरिवाना तिराइएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

बजार अनुगमनको क्रममा काठमाडौं महानगरपालिका–३२ स्थित कालिमाटीमा सञ्चालित एक पसलमा बेच्न राखिएको स्लाइसमा अखाद्य वस्तु भेटिएको महानगरले जनाएको छ ।

‘हामीले पछिल्लो समय नियमित अनुगमन गरिरहेका छौं । यही क्रममा स्लाइसमा कालो लेदो पदार्थ भेटिएपछि उत्पादन गर्ने कम्पनीलाई नै कारबाही गरेका हौं,’ महानगरका अनुगमन निरीक्षक डा. अवधेश झाले अनलाइनखबरसँग भने ।

यस्तै प्याकिङ पछि भौतिक र रासायनिक दुवै रुपमा अनिवार्य गुणस्तर मापन गर्न समेत निर्देशन दिएको छ । अखाद्य स्लाइसको लटमा उत्पादन भएका अन्य उत्पादनहरुको पुनः गुणस्तर परीक्षण गर्नपनि अनुमगन टोलीले कम्पनीलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर