अशोक थापा मगर निर्देशक रहेको फिल्म हो न ‘जलाकी’ । त्रिकोणात्मक प्रेम कथामा बन्ने फिल्ममा सोनम तोप्देन, उपासना सिंह ठकुरी, अस्तित्व भट्टचन र आकृति राजभण्डारी लगायतको मुख्य भूमिका रहनेछ ।

पहिलो चरणको छायाङ्कन सकेको फिल्मले दोस्रो चरणको छायाङ्कन तयारी गरिरहेको छ । दोस्रो चरणको छायाङ्कन अगाडि फिल्ममा अभिनेता धिरज मगर भित्रिएका छन् ।

फिल्ममा मुख्य भूमिका रहने गरेर अभिनेता धिरजलाई भित्र्याइएको निर्देशक अशोक थापा मगरले बताए । निर्देशक अशोक र धिरजले ‘जलाकी’को लागि दोस्रो पटक सहकार्य गर्न लागेका हुन् । यसअघि उनीहरुले गत वर्षको हिट फिल्म ‘खुस्मा’मा सहकार्य गरेका थिए । फिल्मबाट मोडल आकृति राजभण्डारीले डेब्यु गर्दै छन् ।

कसैको सम्झना र मायाको प्रतिकको रूपमा मानिने ‘जलाकी’ मगर समुदायको आस्थाको प्रतिक डुङ्गाले चिनेको स्तम्भलाई बुझाउँछ । तिन चरणमा छायाङ्कन हुने फिल्मको छायाङ्कन अब रुकुम, म्याग्दी, बागलुङ, पोखरालगायतका विभिन्न स्थानमा हुनेछ ।

एम मिडिया प्रालीको ब्यानरमा निर्माण हुन लागेको फिल्मका निर्मातामा ओम घर्तीमगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना) मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् ।फिल्ममा माओत्से गुरुङ, बुद्धि तामाङ, संगीता थापा मगर, राजु रेग्मी मगर, खड्क बहादुर पुन (खबपु) लगायतका कलाकारको पनि अभिनय रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर