लामो समयदेखि अमेरिका बस्दै आएकी अभिनेत्री उषा पौडेलले विवाह गरेकी छन्।

उनले राहुल केसीसँग आइतबार विवाह गरेकी हुन् । उनले गत वैशाख १५ मा राहुल केसीसँग कोर्ट म्यारिज गरेकी थिइन् ।

अहिले नेपाली परम्परा अनुसार लगनगाँठो कसेकी हुन् । उनको विवाहमा अमेरिका बस्ने कलाकर्मी सहभागी थिए ।

उषा पछिल्लो समय अमेरिका बस्दै आएकी छन् ।उषाजस्तै राहुल पनि अमेरिका नै बस्दै आएका छन् । उनी नेपाली सिने क्षेत्रका एक समयका कलाकार तथा मोडल हुन्।

कुनै समय नेपाली फिल्म क्षेत्रको चर्चित कम्पनी ‘कालीगण्डकी सिनेम्याक्स’का सञ्चालक समेत रहेका राहुलले किसान र नागरिक फिल्म सहित दर्जन जति म्युजिक भिडियोहरूमा काम गरिसकेका छन् ।

उषा पनि एक समय फिल्म तथा टेलिफिल्ममा चलेकी अभिनेत्री हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर