टेलिश्रृखला ‘जुठे’ बाट कलाकार राजु मास्टर बाहिरिएका छन् ।

उनले सामाजिक सञ्जाल  फेसबुकमा एक पोष्ट गर्दै  टेलिश्रृखलाबाट बाहिरिएको जानकारी दिएका हुन् ।

टेलिश्रृखलामा उनी गोथे नामक पात्रमा देखिदै आएका थिए । मरिचमान श्रेष्ठ ‘बल्छीधुर्वे’ सँग मिलेर उनले यो टेलिश्रृखला लेखन, निर्देशन र अभिनय गर्दै आएका थिए ।

‘जुठे सिरियलको एक पात्र अझै भनौं । सानासाना भाइबहिनीहरूको र बुढाबुढी भएका बा आमाहरूको अनुहारमा हाँसो छर्ने एक पात्र (गोथे) ।

गोथेको यात्रा जुठेमा भने अब टुङ्गिएको छ’, उनले अगाडि लेखेका छन्,‘आजसम्मको यात्रामा साथ दिने सम्पूर्ण कलाकारज्यूहरू र भगवान रुपी दर्शकहरुलाई मुरीमुरी धन्यवाद दिन चाहेँ ।’

उनले जुठेमा गोथे खोज्ने दर्शकसँग क्षमा माग्दै ‘जुठे’ परिवारलाई आगामी यात्राको शुभकामना समेत दिएका छन् ।

राजुले सिरियलबाट हात झिकेपनि बल्छी धुर्वेले निरन्तरता दिने भएका छन् । जुठेबाट बाहिरिनुको कारण ‘सकस’ टेलिश्रृखलाको व्यस्तता भएको राजु बताउँछन् ।

तर बल्छीधुर्वेसँगको खटपटका कारण उनले जुठे छोडेको चर्चा बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर