प्रतीक्षित फिल्म ‘जारी : सङ् अफ च्याब्रुङ’को छायांकन पाँचथरमा सुरु भएको छ ।

बुद्ध जयन्तीको अवसर पारेर मंगलबारदेखि छायांकन सुरु भएको जानकारी निर्माता रामबाबु गुरुङले दिए ।

यो फिल्म यसअघि रिलिज भएको सुपरहिट ‘जारी’को दोस्रो श्रृंखला हो ।

डेढमहिनासम्म चल्ने छायांकन पुरै पाँचथरमा हुने जनाइएको छ । छायांकन सेटबाट प्राप्त तस्वीरमा दयाहाङ राई र मिरुना मगरलाई क्यारेक्टर लुक्समा देख्न सकिन्छ ।

यो फिल्मको पटकथा लेखन तथा निर्देशनमा उपेन्द्र सुब्बा छन् । आगामी दशैंमा प्रदर्शन मिति तय गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर