गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘ऊनको स्वीटर’ आजबाट दोस्रो सातामा प्रवेश गरेको छ ।
फिल्मले पहिलो सातामै ५ करोड ७५ लाख रुपैयाँ ग्रस कलेक्सन गर्दै दोस्रो सातामा प्रवेश गरेको निर्माण कम्पनी आर्टमाण्डू नेपाल प्रा.लीले जानकारी दियो ।
सरकारी बक्स अफिसमा फिल्मको कलेक्सन कति छ भनेर अहिले सार्वजनिक गरिएको छैन । यसअघि पनि निर्माता र बक्सअफिस रिपोट नमिलेको कारण फरक देखिने अनुमान गर्न सकिन्छ ।
नवीन चौहानको लेखन तथा निर्देशन रहेको फिल्ममा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेल अभिनय छ ।
पहिलो साता उपत्यकाको हलहरु भ्रमण गरेको फिल्म युनिट दोस्रो साता भने उपत्यका बाहिरको भ्रमणमा निस्किने भएको ।
दमौलीबाट सुरु भई पोखरा, चितवन, बुटवल, दाङ, नेपालगन्ज, धनगढी, दमक, धरान, विराटनगर र इटहरीसम्म पुग्ने कार्यक्रम छ ।
भ्रमणमा अभिनेता विपिन कार्की, अभिनेत्री परीक्षा लिम्बु, एलेक्स पारस, गायक सुजन चापागाईँ सहभागी हुने बताइन्छ ।










