सौगात मल्ल, गरिमा शर्मा, आसिफ शाहको शीर्ष भूमिका रहेको म्यारिज-सोसल ड्रामा ‘जन्ते बाख्रो’को ट्रेलर युट्युबमा सार्वजनिक भएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा झण्डै ४ मिनेटको ट्रेलर लन्च गरियो ।
ट्रेलरले फिल्मको कथावस्तु, चरित्र चित्रण र द्वन्द्वबारे प्रकाश पार्छ । फिल्ममा सौगातले कमल नामक अविवाहित युवकको भूमिका निर्वाह गरेका छन् । उक्त पात्रलाई आमाको हेरचाह गर्ने दुलहीको खोजी गर्नुछ । ऊ जीवनमा चोट पाएकी केटीसँग विवाह गर्न चाहन्छ । यसका लागि उसले सम्झना (गरिमा शर्मा)लाई भेट्छ ।










