जाजरकोट– जाजरकोटमा भूकम्पले घरमा क्षति पुर्‍याएपछि त्रिपालमुनि बस्दै आएकी सुत्केरीको चिसोका कारण मृत्यु भएको छ। जाजरकोटको नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको हो।

उनी सुत्केरी भएको करिब महिना हुन लागेको जनाइएको छ। स्थानीय टेकबहादुर नेपालीले चदाराको सोमबार राति चिसोबाट मृत्यु भएको जानकारी दिए।

नलगाड नगरपालिका–८ का वडाध्यक्ष तेजबहादुर सिंहले पनि सुत्केरी चदराको चिसोबाट मृत्यु भएको बताए। वडाध्यक्ष सिंहले भने, ‘घर बाहिर त्रिपालमुनि बस्दै आएकी चदाराको चिसोबाट मृत्यु भएको खबर आएको छ।’ चदाराले छोरीलाई जन्म दिएकी थिइन्।

गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा जारजरकोट र रुकुम पश्चिम जिल्लामा गरी १५४ जनाको मृत्यु भएको छ। भूकम्पबाट ३४६ जना घाइते भएका थिए।

भूकम्पबाट २६ हजार ५५७ निजी घर पूर्णरुपमा क्षतिग्रस्त भएका थिए। भूकम्पबाट ३५ हजार ४५५ घरमा आंशिक क्षति भएको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर