हास्य सिरियल ‘सक्किगोनि’बाट चिनिएकी कलाकार सुरक्षा इटानी फिल्ममा डेब्यु गर्ने भएकी छन् । ‘द ब्लु लाइट’ मार्फत उनले फिल्म डेब्यु लागेकी हुन् । निर्माण युनिटले फिल्ममा उनी जोडिएको सार्वजनिक गरेको छ ।

फिल्म अभिनय आफ्नो कलाकारिता यात्रामा एक नयाँ अध्याय थपिने बताएकी छन् । ‘द ब्लु लाइट’लाई बलिराम चौहानले निर्देशन गर्दैछन् । उनले पनि यसै फिल्म मार्फत निर्देनमा डेब्यु गर्न लागेका हुन् ।

मंगलबार मात्रै शुभ मुहूर्त गरिएको यो फिल्मको प्रमुख भूमिकामा अर्पण थापा, महेश त्रिपाठी, आयुष्मान देशराज जोशी, बेनिशा हमाल, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी, ग्रिष्मा कटुवाल, सहारा शर्मालगायत कलाकारहरूको अभिनय रहनेछ।

साइकोलोजिकल थ्रिलर जनरामा निर्माण हुने फिल्मलाई स्काइफल पिक्चर्सको प्रस्तुत गर्न लागेको हो । सुरक्षाले थुप्रै  म्युजिक भिडिओ मोडलिङ गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर