नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

आज सुन तोलामा दुई हजार पाँच सय रुपैयाँले घटेर एक लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन तोलामा एक लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदी मूल्य पनि घटेको छ । आज चाँदी पाँच रुपैयाँले घटेर दुई हजार एक सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सोमबार चाँदी दुई हजार एक सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर