पत्रकार दिलभूषण पाठक साइबर अपराध र घृणा फैलाएको आरोपमा काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन्।
नेपाल प्रहरीको साइबर ब्यूरोले उनीविरुद्ध १६ असारमा मुद्दा दायर गरेको थियो। अब उनको मुद्दामा थुनछेक बहस हुनेछ।
युट्युबमार्फत घृणा र द्वेष फैलाएको आरोपमा पाठकविरुद्ध मुद्दा चलाइएको हो।
हिल्टन होटलसँग सम्बन्धित भिडियोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरलाई जोडेर गलत टिप्पणी गरेको भन्दै साइबर ब्यूरोमा उजुरी परेको थियो।
उच्च अदालतले ५ असारमा पाठकलाई पक्राउ नगर्न आदेश दिएपछि प्रहरीले पक्राउ नगरी मुद्दा दायर गरेको थियो ।