एमालेका पूर्वउपाध्यक्षसमेत रहेका नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम अन्ततः नेकपा एसमा समाहित हुने भएका छन् ।
दुईजनाबीच पार्टी एकता गर्ने सहमति भएको छ । आउँदो साउन २ गते राष्ट्रिय सभा गृहमा एक समारोहका बीच एकताको घोषणा गर्ने सहमति भएको दुई नेताद्वारा हस्ताक्षरित सहमति पत्रमा उल्लेख छ ।
यसअघि नेपाल र गौतमबीच पटक पटक एकताका लागि छलफल भए पनि निचोड निस्केको थिएन । नेकपा एमालेले औपचारिक रूपमा गौतमसँग सहकार्य गर्ने निर्णय गरेको थियो । तर, यसले मूर्त रूप पाउन सकेको थिएन ।










