साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । आज बजार ३७.५३ अंकले बढेर २७९७.७१ को विन्दुमा कायम भएको हो ।

आज नेप्सेमा कारोबार भएको ३३० कम्पनीको ४ करोड ३१ लाख ११ हजार ४१६ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ३ करोड ४८ लाख ४९ हजार रुपैयाँको कारोबार भएको छ ।

सेयर बजारमा सुधार आउँदा सबैउपसूचक हरियाली भएको छ । आज सबैभन्दा बढी बुटवल पावर कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ ।

आज कम्पनीको ६१ करोड ८७ लाख २६ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको राधी विद्युत कम्पनीको ५६ करोड ६९ लाख ५४ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तैआज सानिमा माई हाइड्रोपावरको ३९ करोड ९२ लाख ५६ हजार रुपैंया, लुम्बिनी विकास बैंकको ३४ करोड २५ लाख ७० हजार रुपैयाँ, सहास उर्जाको ३३ करोड ७३ लाख ४८ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर