कुनैबेलाका चर्चित अभिनेता गणेश उप्रेतीले ९ वर्षपछि फिल्म अभिनयमा पुनरागमन गर्ने पक्का भएको छ ।

उनको आगामी फिल्म ‘झरीपछिको इन्द्रेणी’को छायांकन विहिबारदेखि सुरु हुँदैछ । यो फिल्मबाट हाँस्यकलाकार अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशनमा डेब्यु गर्दैछन् ।

लामो समयदेखि अमेरिकामा बस्दै आएका उप्रेती यही फिल्मका लागि अहिले काठमाडौं आएका छन् । उनको पछिल्लो फिल्म ‘होमवर्क’ सन् २०१६ मा रिलिज भएको थियो ।

‘भाग्य रेखा’बाट अभिनय करिअर थालेका उप्रेतीले ४३ फिल्ममा अभिनय गरिसकेका छन् ।

‘झरीपछिको इन्द्रेणी’मा दीपाश्री निरौला, रमेश उप्रेती, निर्मल शर्मा लगायतको अभिनय रहने स्रोतले जनाएको छ । फिल्ममा र्‍यापर बालेनको एक गीत समावेश हुने बुझिएको छ ।

पशुपति शिवजी इन्टरनेटमेन्टको ब्यानरमा निर्माण हुने फिल्मको सबै छायांकन काठमाडौंमा हुने जनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर