नारायणगढ-बुटवल सडक खण्डको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ ।
आयोजनाले बुधबार यस्तो जानकारी गराए पनि यो आयोजनाको काम सुस्त गतिमा अगाडि बढ्दा सरकारको समेत चर्को आलोचना हुँदै आएको छ ।
कुल ११४.५३ किलोमिटर लामो यो सडक खण्डमा दाउन्ने बाहेक सबै स्थानमा कालोपत्र भएसँगै यात्रा सहज भइसकेको आयोजनाले जनाएको छ ।
दाउन्ने क्षेत्रको १३ किलोमिटर सडकमा भने अहिले पनि सास्ती छ । खासगरी पानी परेको समयमा सवारीसाधन चिप्लिँदा यात्रा प्रभावित हुने गरेको छ ।
आयोजनाका अनुसार दाउन्ने खण्डसमेत यसै हिउँदसम्म सक्ने लक्ष्य छ । त्यसपछि यो खण्डको यात्रा सहज हुने अपेक्षा छ ।










