
नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ ।
आज सुन तोलामा पाँच सय रुपैयाँले घटेर एक लाख ९३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुन तोलामा एक लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ३५ रुपैयाँले घटेर दुई हजार २३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
बिहीबार चाँदी दुई हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।