जल तथा मौसम विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज विभिन्न २८ जिल्लामा बाढी आउने सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ ।

महाशाखाले बुलेटिन जारी गर्दै आज बझाङ, अछाम, सुर्खेत, दैलेख, जाजरकोट र आसपासका जिल्ला भई बहने केही ससाना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको जानकारी दिएको हो ।

त्यस्तै ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, रामेछाप, रसुवा, चितवन, मकवानपुर, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, लमजुङ, रोल्पा, रुकुमपश्चिम, जुम्ला, मुगु, डोल्पा, दार्चुला, बैतडी, डडेलधुरा र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने मध्यम सम्भावना रहेको छ ।

महाशाखाले ती जिल्ला भइ बहने साना तथा ठूला खोला, नदीमा आकस्मिक बाढी आउने सम्भावना रहेको भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सजगता अपनाउन भनेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर