दार्चुलामा स्यालले टोक्दा तीन जना घाइते भएका छन् ।
स्यालले टोक्दा व्यास गाउँपालिका-६ बसेडीका ७० वर्षीय गणेशदत्त भट्ट, ५१ वर्षीया धौली भट्ट र ७५ वर्षीया च्याउलीदेवी भण्डारी घाइते भएका हुन् ।
घाइतेको व्यास-६ खातीगाउँस्थित ग्रामीण स्वास्थ्य एकाइ केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल खलंगा ल्याइएको थियो ।
जिल्ला अस्पतालमा रेबिजविरुद्धको खोप उपलब्ध नभएपछि तीन जनालाई उपचारका लागि धनगढी ‘रेफर’ गरिएको जिल्ला अस्पतालले जनाएको छ ।
आइतबार साँझ घरनजिकै घाँस काट्ने क्रममा स्यालले उनीहरूलाई टोकेको स्थानीयले बताएका छन् ।