नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा १ लाख ९६ हजार ७०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँमात्रै घटेको छ ।

यसअघि मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९६ हजार ८०० रुपैयाँ कायम थियो । यस्तै चाँदीको मूल्य भने बढेको छ।

मंगलबार तोलामा २ हजार ३०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा २ हजार ३२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर