ठमेलबाट ११५ किलो बुद्धचित्तको दानासहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनीहरूलाई बुधबार राति पक्राउ गरेको हो ।
उनीहरूबाट १२ लाख ७० हजार रुपैयाँ समेत बरामद भएको परिसरले जनाएको छ ।
पक्राउ परेकाहरूको नामसहितको विवरण केही बेरमा सार्वजनिक गरिने प्रहरीले बताएको छ ।
पक्राउ परेकाहरूलाई प्रहरी वृत्त सोह्र खुट्टेमा राखेर अनुसन्धान अघि बढाइएको छ ।










