बिहीबार सुनचाँदीको भाउ सामान्य बढेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ९६ हजार ७ सय रुपैयाँ रहेको सुनको भाउ आज १ सय बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ९६ हजार ८ सय रुपैयाँ तोकेको हो ।यसअघि साउन २३ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २३२५ रुपैयाँ रहेको चाँदी आज २३४० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर