डेंगु संक्रमणबाट एक युवतीको मृत्यु भएको छ । टेकु अस्पतालमा आईसीयूमा उपचारत २४ वर्षीया युवतीको मृत्यु भएको हो ।
डेंगु संक्रमित उनी मंगलबार बेलुका अस्पतालमा भर्ना भएकी थिइन् । अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल चालिसेका अनुसार अस्पताल आउँदा नै उनकाे अवस्था जटिल थियाे ।
यस वर्ष डेंगुबाट मृत्यु भएको यो पहिलो केश हो । यस वर्ष हालसम्म २ हजार ९५२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
डेंगु ७४ जिल्लामा फैलिएको छ भने गत एक हप्तामात्र १८० नयाँ संक्रमित थपिएका छन् ।










