मनसुन सक्रिय भएसँगै ‘माइट’ नामक सूक्ष्म किराको टोकाइबाट सर्ने स्क्रब टाइफसका बिरामी देशभरका ५० जिल्लामा देखिएका छन् ।
स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार एक महिनायता मात्र यसबाट १ हजार ४ सय १४ जना सङ्क्रमित भएका छन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा यो रोगका बिरामी छिटपुट मात्रामा भर्ना भइरहेका अस्पतालले जनाएको छ ।
स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामुसी’ नामक ब्याक्टेरियाका कारण हुन्छ । मुसामा पाइने माइट (एक प्रकारको सानो सुलसुले) मार्फत यो ब्याक्टेरिया मानिसमा सर्ने गर्छ ।
महाशाखाका अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा देशभर ८ हजार २४९ जनालाई यासको सङ्क्रमण भएको पाइएको थियो ।










