नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।

आज सुन तोलामा चार सय रुपैयाँले बढेर एक लाख ९९ हजार  चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन तोलामा एक लाख ९९ हजार रुपैयाँमा कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।

आज चाँदी तोलामा १० रुपैयाँले बढेर दुई हजार तीन सय ५५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

बुधबार चाँदी दुई हजार तीन सय ४५  रुपैयाँमा कायम भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर