फिल्म ‘स्त्री’को शुभमुहूर्त गरिएको छ । ऋषि पञ्चमीको अवसर पारेर कमलादीस्थित गणेशस्थान मन्दिरमा क्यामेरा पूजा गर्दै फिल्मको शुभ साइत गरिएको हो ।
फिल्म जीवन शाहीको लेखन तथा निर्देशनमा बन्न लागेको हो । भदौ १४ गतेबाट छायाङ्कनमा जाने फिल्मको काठमाडौँ आसपासमा ३५ दिन छायाङ्कन हुनेछ ।
मेला रेकर्डिङ स्टुडियोको ब्यानरमा समिर राई र डा. सुकदेव बिस्ट निर्माता रहेको फिल्ममा प्रमोद अग्रहरी, सलोन बस्नेत, रिस्ता बस्नेत र नम्रता श्रेष्ठको मुख्य भूमिका रहनेछ ।
सामाजिक कथामा बन्ने फिल्ममा बाल कलाकारमा दिप्सन चिलवाल र दीपेन्द्र चिलवालको अभिनय रहने छ ।
फिल्ममा सङ्गीत बाबुल गिरी, द्वन्द्व देव महर्जन, सहनिर्देशक चन्द्र भण्डारी र प्रोडक्सन म्यानेजर केवलमान सिंह बस्नेत, प्रोजेक्ट म्यानेजरमा सुवास काफ्ले रहेका छन् ।










