
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को नयाँ भवनबाट कामकाज सुरु गर्ने भएको छ ।
गत साेमबार र मंगलबार जेनजी प्रदर्शनमा आगलागीका कारण स्वास्थ्य मन्त्रालय पूर्ण रूपमा ध्वस्त भएपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट कामकाज सुरु गर्ने गरी तयारी भइरहेको स्वास्थ्य सचिव डाक्टर विकास देवकोटाले बताए ।
स्वास्थ्य मन्त्रालयको पछाडि बनेको एनएचआरसीको नयाँ भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । एनएचआरसीमा मन्त्रीलाई राख्न मिल्ने एउटा कोठा तयार गरिएको सचिव देवकोटाले बताए ।