नेपाली बजारमा निरन्तर रूपमा नयाँ कीर्तिमान बनाएको सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ ।
बुधवार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेर प्रतितोला २ लाख १६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवारको तुलनामा बुधवार १ हजार रुपैयाँ सुन घटेको हाे ।
आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला २ हजार ५ सय ५० रुपियाँमा कारोबार भइरहेको छ ।










