फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’ आगामी कात्तिक ६ गते भाइटिकाको दिन रिलिज हुने भएको छ । निर्माण युनिटले फिल्मको २ पोस्टर सार्वजनिक नयाँ प्रदर्शन मिति घोषणा गरेको हो ।

फिल्मको यसअघि असोज ३ गते संविधान दिवसको अवसरमा प्रदर्शनमा आउने तयारीमा थियो । जेनजी आन्दोलनको कारण फिल्म सरेर कात्तिकमा पुगेको हो । जेनजी पुस्ताको आन्दोलनका कारण प्रचार प्रसारको लागि समय अपुग भएका कारण फिल्मको रिलिज पोष्टपोण्ड गरिएको निर्देशक उपेन्द्र सुब्बाले बताए ।

कवि उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ,, विजय बराल लगायतको अभिनय छ । बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म रामबाबु गुरुङ र मधु मिजार, जीवन गुरुङ हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर