फिल्म ‘अभिमन्यु : च्याप्टर १’ दशैंको फूलपातीमा पनि नआउने भएको छ । निर्माताले आइतबार विज्ञप्ति जारी गर्दै २४ असोजमा फिल्म रिलिज हुने जनाएका छन् ।

कामेश्वर चौरासिया स्टारर फिल्मले आइतबार विज्ञप्ति जारी गर्दै फिल्मको नयाँ मिति घोषणा गरेको हो ।

यसअघि जेनजी आन्दोलनको कारण फिल्मको १३ असोजमा पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित भएको थियो । त्यसपछि दशैंको फूलपातीमा आउने बताइएको थियो ।

वितरक र प्रदर्शकको आग्रहलाई ध्यानमा राख्दै फूलपाती रिलिजबाट पछि हटेको जनाइएको छ । २४ असोजमा नेपाली र हिन्दी दुवै भाषामा फिल्म रिलिज हुने जनाइएको छ । उक्त मितिमा अन्य फिल्म रिलिज डेट घोषणा गरेका छैनन् ।

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको फिल्ममा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल मुख्य भूमिकामा छन् ।

सुशान्त गौतमले निर्देशन गरेको फिल्मको निर्मातामा विनोद पौडेल र गुञ्जन गिरी छन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर