
वेस्ट इन्डिजसँगको टी-२०आई शृंखला अन्तर्गत नेपालले आज दोस्रो खेल खेल्दै छ । शारजाहस्थित शारजाह क्रिकेट रंगशालामा खेल बेलुका नेपाली समयअनुसार सवा ८ बजे सुरु हुनेछ ।
यसअघि पहिलो खेलमा नेपालले ऐतिहासिक जित निकालेको थियो । नेपालले आजको खेल पनि जितेर एक खेल अगावै शृंखला जित्ने दाउमा हुनेछ ।
पहिलो खेलमा नेपालका सबै खेलाडीले आ-आफ्नो तर्फबाट उत्कृष्ट प्रदर्शन गरेका थिए । आज पनि त्यस्तै किसिमको प्रदर्शनको अपेक्षा रहनेछ । नेपालले वेस्ट इन्डिजसँग भोलि मंगलबार अन्तिम खेल खेल्नेछ ।
नेपालको टोलीमा रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुल्शन झा, सोमपाल कामी र साहब आलम छन् ।