नेपाली बजारमा बुधबार पनि सुनको मूल्य घटेको छ ।
मंगलबार तोलामा २ लाख ३७ हजार रुपैयाँ कायम भएको सुनको मूल्य बुधबार ७०० रुपैयाँ घट्दै तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँ कायम भएको हो ।
तिहारपछि बजार खुलेसँगै सुनको मूल्य घट्दै आएको छ । यसैबिच बुधबार चाँदीको मूल्य भने बढेको छ ।
मंगलबार तोलामा २ हजार ९२० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार भने बढेर तोलामा २ हजार ९६५ रुपैयाँ कायम भएको हो ।










